

ओलीको ‘एक्जिट’सँगै बालुवाटारमा कांग्रेसको ‘इन्ट्री’ !

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको निर्णायक छलफलपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री दाहालसँग करिब साढे २ घन्टाको छलफलपश्चात एमाले अध्यक्ष केपी ओली बाहिरिएलगत्तै कांग्रेसको इन्ट्री भएको छ ।
प्रचण्ड र ओलीको बैठक सकिएलगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रवेश गरेका हुन् ।
बिहान बसेको चार दलको बैठकमा चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति भएको थियो ।
पुरानो गठबन्धन ब्यूँताएर राष्ट्रपति निर्वाचनमा अहिले बस्ने बैठकले ठोस सहमति बनाउने तयारी गरेको छ।

