संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


काठमाडौं – सभामुख देवराज घिमिरेले संसदमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारले आफूहरूले उठाएका विषयको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख घिमिरेलाई आग्रह गरेका थिए।

सांसदहरूको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।

उनले भने, ‘मान्य सदस्यहरू, शून्य समय र विशेष समयमा मान्य सदस्यहरूबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई म निर्देशन गर्दछु।’

संसदमा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए।

प्रतिक्रिया