बैठकपछि प्रचण्डले भने– भोलि फेरि एमाले अध्यक्षसँग छलफल गर्छु


काठमाडाैं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको विषयमा दलहरुबीच छलफल चलिरहेको बताएका छन् ।

उनले सबैसँग छलफल चलिरहेको भन्दै शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग पुनः एकपटक छलफल गरिने बताए । यद्यपि कसैसँग पनि हालसम्म राष्ट्रपतिको विषयमा सहमति नभएकाे उनको भनाइ छ ।

सिंहदरबारमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी र जनता समाजवादीसँगको बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘छलफल चलिरहेको छ । सहमति भएको छैन । भोलि एमाले अध्यक्षसँग पनि मेरो छलफल छ । सबैको सबैसँग चलेको छ । केही टुंगो भएको छैन ।’

प्रतिक्रिया