

सडक दुर्घटनामा कृषि प्राविधिकको मृत्यु

विराटनगर – मोरङको पथरीशनिश्चरे नगरपालिका १० डाँस खोला अगाडि सवारी दुर्घटनामा परी एक जना कृषि प्राविधिकको मृत्यु भएको छ ।
आज करिब साढे पाँच बजे भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डाँस खोला नजिक भएको सवारी दुर्घटनामा परी बेलबारी नगरपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक ३० वर्षीय दमक नगरपालिका–४ कृष्ण मन्दिर घर भएका विशाल सिटौलाको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
अफिसको काम सकेर मे ७ प ७५४२ नम्बरको मोटरसाइकलमा सवार सिटौलालाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका सिटौलाको उपचारको क्रममा मृत्यु भएको हो । पिकअपका चालक फरार रहेका छन् । उनको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ ।

