क्यानद्वारा सन्दीप बिनाको टिम घोषणा


काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ ।

क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेबिनाको १५ सदस्यीय टिम घोषणा गरेको हो ।

नेपाली टोलीले त्यहाँ घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपालमा सम्पन्न सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेले विदेश गएर खेल्न अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्, जसको पेसी भोली (शुक्रबार) का लागि तोकिएको छ ।

नेपाली टोली–

रोहित पौडेल,  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम (मौसम) ढकाल

प्रतिक्रिया