राष्ट्र बैंकले बोनशमा अंकुश लगाएसँगै माइक्रोफाइनान्सको शेयरमा पहिरो


काठमाडौं – राष्ट्र बैंकले लाभांश वितरणमा अंकुश लगाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै लघुवित्तको लाभांश वितरणमा कडाइ गरेसँगै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको हो ।

लघुवित्तका लागि निर्देशन जारी गर्दै बुधवार राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाइ गरेको थियो । लघुवित्तहरूले १५ प्रतिशतभन्दा धेरै सेयर प्रस्ताव गरी बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नुपर्छ ।

यसअघि २० प्रतिशतभन्दा धेरै लाभांश प्रस्ताव गरेमा बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नुपर्थ्यो ।

यो व्यवस्थासँगै आज कारोबार खुल्नसाथ लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । हाल सबैभन्दा धेरै सेयर मूल्य गुमाउने कम्पनीहरूको सूचीमा लघुवित्त मात्र छन् ।

समाचार तयार पार्दासम्मको नेप्सेमा ४७ अंकको गिरावट आइसकेको छ ।

प्रतिक्रिया