


कांग्रेस सांसद डा. भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलीबाट मुखबाट ठोस खाना दिइने

काठमाडौं – खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीलाई भोलीबाट मुखबाट ठोस खाना दिइने भएको छ ।
बिहीबार बिहान ८ः०० बजेको अपडेटअनुसार उनलाई हिजो मुखबाट तरल खाना खुवाइएकोमा भोलीबाट ठोस खाना पनि दिइने जनाइएको छ ।
उनलाइ भेटघाट गर्नका लागि २१ दिनपछि मात्र डाक्टरहरूले निर्णय गर्ने जनाइएको छ ।
गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो ।
उनका स्वास्थ्य प्यारामिटर नर्मल रहेका छन्। अनुहारमा सुन्निएको घटेको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको उनका ठूलो दाजु मीनप्रसाद भण्डारीले जनाएका छन् ।
सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।

