

नेपाललाई तेस्रो झड्का, ज्ञानेन्द्र मल्ल २१ रनमा आउट

काठमाडौं – स्कटल्याण्डले लिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । अहिलेसम्म नेपालले ३४ रन बनाउँदा ३ विकेट गुमाइसकेको छ ।
नेपालले पहिलो विकेट १ रन बनाउँदा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा आसिफ शेख १२ रन बनाउँदै १९ रन जम्मा स्कोर हुँदा आउट भएका थिए ।
त्यसपछि ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदै आउट भए पछि नेपालले ३४ न बनाउँदा ३ महत्वपूर्ण विकेट गुमाइसकेको छ ।
अहिले कप्तान रोहित मल्ल र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् ।
यसअघि स्कटल्यान्डले २१२ रन बनाउँदै नेपाललाइ २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

