

पोखरामा विमानस्थल नजिकै चरासँग जहाज ठोक्कियो, जहाज सकुशल अवतरण

काडमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला जहाज चरासँग ठोक्किन पुगेको छ ।
बुद्ध एयरको जहाज विमानस्थलबाट उड्दै गर्दा चिलसँग ठोक्किएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।
टिकटकमा ‘युवराज श्रेष्ठ’ नामक युजर्सले यो भिडियो अपलोड गरेका छन् । उनले भिडियोमा उल्लेख गरेजस्तै पोखरा विमानस्थलको नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ । यसले उडान सुरक्षालाई चुनौती दिइरहेको छ ।
भिडियोमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘प्लेन खस्नु भन्दा त चिल नै खसेको ठिक हो नी ।’ केही प्रयोगकर्ताले पोखरा महानरगपालिकाका मेयर धनराज आचार्यलाई मेन्सन गर्दै फोहोर व्यवस्थित बनाउन जोड दिन अनुरोध गरेका छन् ।
बुद्ध एयरका सूचना अधिकृत दिपेन्द्र कर्णले आफूले पनि यो भिडियो सामाजिक सञ्जालमा देखेको भन्दै यसलाई गम्भीर रुपमा लिनु पर्ने बताए ।
भिडियोमा २ वटा चिल ठाेक्किएको देखिएको छ ।
जहाज भने सकुशल अवतरण गरेको छ ।

