स्कटल्याण्डविरुद्ध  नेपाली स्पिनरको शानदार प्रदर्शन, सन्दीपले लिए तेस्रो विकेट


काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत अहिले जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा नेपाली स्पिनरहरु चम्केका छन् । सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएपछि स्कटल्याण्ड थप दवावमा परेको छ ।

सन्दीपले २२ रन बनाएर खेलिरहेका ब्रान्डन म्याकमुलनलाई कुशल मल्लको हातबाट क्याच गराएपछि स्कटल्यान्डले ११३ रनमै ६ विकेट गुमाएको छ ।

स्पिनरलाई सहयोग गरिरहेको पीचमा स्कटिस ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका छैनन् । पार्टटाइम बलर कुशल भुर्तेलले पनि एक विकेट लिएका छन् । कुशल मल्लले स्कटल्याण्डका दुई ओपनरहरुलाई आउट गरेसँगै खेलमा नेपालले पकड बनाएको थियो ।

अहिलेको अवस्थामा स्टकल्याण्डले ३१ ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया