
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक
कास्की – पोखरामा शनिबार आयोजना हुने १७औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत, पोल्याण्डलगायतका देशबाट धावकले नाम दर्ता गराएको म्याराथन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ। म्याराथनमा सातवटै प्रदेशबाट ३७ जिल्लाका धावकले सहभागिता जनाउने छन्।
पोखरा रंगशालामा हुने म्याराथनलगायतका सबै विधामा गरी हालसम्म आठ हजार जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए।
यो वर्षको खुला म्याराथनमा १५० धावक सहभागी हुने बताइएको छ। महिलातर्फको हाफ म्याराथनमा ३५ धावक उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। यसैगरी १० किलोमिटर पुरुषतर्फको दौडमा एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन्। पाँच किलोमिटर दौडमा ७० विद्यालयका छात्र र छात्रतर्फ क्रमशः एक हजार छ सय जना र छ सय जनाले नाम दर्ता गराएका पराजुलीले बताए।
ह्विलचेयरतर्फ ४७, दृष्टिविहीन दौडतर्फ ९० र ‘रन फर फन’तर्फ पाँच हजार जनाले नाम दर्ता गराएका छन्। म्याराथन ९४२।१९५० किमी दौडका विजेताले पाँच लाख, द्वितीयले तीन लाख र तृतीय हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। मञ्चले गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ। गण्डकीबाट सहभागी हुने धावकलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिने छ।
महिलातर्फको हाफ म्याराथनमा च्याम्पियनलाई रु एक लाख ५० हजार, द्वितीयलाई रु एक लाख, तृतीय हुनेलाई रु ७५ हजार र सान्त्वना पुरस्कारस्वरुप रु १५ हजार प्रदान गरिने छ। यसैगरी १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ३० हजार, रु २० हजार, रु १५ हजार तथा पाँच किलोमिटर छात्रछात्रा दौडतर्फ विजेताले १५ हजार, द्वितीयले १० हजार र तृतीयले सात हजार रुपैयाँ पुरस्कार पाउने छन्।
ह्विलचेयर र दृष्टिविहिन महिलारपुरुष दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन्। यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस ९एम्स० को मान्यता प्राप्त गरेको छ। प्रतियोगिता सम्पन्न गर्न रु ९३ लाख खर्च लाग्ने आयोजक संस्थाले जनाएको छ। म्याराथनका लागि विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका छन्।



कागजपत्र |
