
क्वात्राको नेपाल भ्रमणः २ दिनमा १४ नेतासँग भेट, प्रचण्डसँग २ पटक भेट
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई पटक भेटघाट गरेर भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा स्वदेश फर्केका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुईपटक भेटघाट गरेका हुन् । पहिलोपटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ वालुवाटारमा अनौपचारिक भेटघाट गरी स्वदेश फर्केका हुन् ।
नेपाल भारत सचिवस्तरीय वार्ताका लागि आएका भनिए पनि बिदेशसचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरेपछि अन्तिमा पुनः प्रचण्डसँग भेटघाट गरेको स्रोतले बतायो । बालुवाटारमा सोमबार साँझ भएको भेटघाटमा के-के भयो ? त्यो भने खुल्न सकेको छैन । सो भेटलाई वालुवाटारले गोप्य राखेको छ ।
राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दलबीच सहमति हुन नसकिरहेको तथा त्यसमा राजनीतिक दलहरुबीच घोचपेच भईरहेको बेला बिदेशसचिव क्वात्राले संघीय संसदका ठुलादेखि साना दलसम्मका नेताहरुसँग गरेको भेटलाई अर्थपुर्ण रुपमा लिईएको छ । मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविष्यका बारेमा उनले चासो ब्यक्त गरेका थिए ।
सबैजसो राजनीतिक दलका नेतासँग सो बारेमा चासो ब्यक्त गरेका बिदेश सचिव क्वात्राले अन्तिमा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसियल’ भेटघाट गरेर स्वदेश फर्केका हुन् ।



कागजपत्र |
