अध्यक्ष ओलीसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता


काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा आएका क्वात्रा अध्यक्ष ओलीलाई भेट्न सोमबार साँझ ओली निवास बालकोट पुगेका हुन् । क्वात्राले सोमबारै प्रधानमन्त्री र राष्ट्रपति र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया