विवेकशील साझाको महाधिवेशन आजबाट


काठमाडौं – विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरू हुँदैछ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ  ।

शुक्रबारबाट सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन शनिबारसम्म चल्नेछ।

प्रतिक्रिया