आज सपथ लिँदै सुदूरपश्चिम मुख्यमन्त्री शाह


कैलाली — सुदूरपश्चिम प्रदेशकका नवनियुक्ति मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्ने भएका छन् ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार (हिजो) मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई आज प्रदेश प्रमुख देवराज जोशीले सपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया