

अपडेटः टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १२ सय नाघ्यो

टर्की – शक्तिशाली भूकम्पका कारण १,२०० जनाभन्दा बढीको ज्यान गएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्।
टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए।
उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ।
हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।
उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।
टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।
मृतकको संख्या अझै बढ्नसक्ने उद्धारकर्मीहरुले जनाएका छन् ।

