पत्रकार सम्मेलन गर्दै राजीनामा बुझाएका रास्वपाका तीन मन्त्री


काठमाडौं — राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ३ मन्त्रीहरुले पत्रकार सम्मेलन गर्ने भएका छन् । सोमबार दिउँसो ३ ः०० बजे रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए ।

रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।

प्रतिक्रिया