नेकपा महासचिव विप्लव बालुवाटारमा, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

महासचिव विप्लवले आज आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग राजनीतिक भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र आगामी परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । भेटवार्तामा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।

प्रतिक्रिया