

जसपा नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

काठमाडौं – जनता समाजवादी पार्टीका (जसपा)का नेता शिवजी यादव नेपाल कम्युनिष्ट पार्टी ओली समूहमा प्रवेश गरेका छन् । एवं पूर्वसांसद समेत रहेका नेता यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका हुन् ।
संसद् विघटन गरेका ओलीको निर्णयलाई समर्थन गर्दै आफू उनको समूहमा गएको बताएका छन् । मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेकोले जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको उनले जानकारी दिएका छन् ।

