‘दुईजना मिलेर संविधानलाई कागजको खोष्टो बनाए, हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र ?’


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले दुईजना मिलेर संविधानलाई कागजको खोष्टो बनाएको आरोप लगाएकी छिन् । बुधबार विहान ट्वीट गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानलाई कागजको खोस्टो बनाएको आरोप लगाएकी हुन् ।

अप्रत्यक्ष रुपमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानलाई कागजको खोस्टो बनाएको आरोप झाँक्रीले लगाएकी हुन् । झाँक्रीले दुनियाँ यही पर्खाईमा रहेको र पार्टीले गरेको संघर्ष खेर गएको बताएकी हुन् ।

उनले लेखेकी छिन्, ‘दुनियाँ यही समयको पर्खाइमा थियो। मैले नै वास्तविकता भनिदिउँ… भने, जिम्मेवारीसाथ भनेको छु । पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब ? दुईजना मिलेर संविधानलाई कागजको खोष्टो बनाए। हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र ?’

प्रतिक्रिया