


रास्वपाको निर्णायक बैठक अगाडी आज पनि रवि र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामछाने आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
सरकारमा रहने वा बाहिरिने भन्ने बारेमा निर्णय गर्न बोलाइएको बैठक अघि लामिछानेले बिहान ७ बजे बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।
यसअघि शनिबार साँझ पनि पार्टीको बैठकअघि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।
शनिबार साँझ भएको भेटमा प्रचण्डले लामिछानेलाई गृह मन्त्रालयको विकल्प खोज्न आग्रह गरेका थिए। त्यसपछि शनिबार अबेर राति बसेको बैठकमा लामिछाने आफूहरुको माग अनुसार गृह मन्त्रालय राष्ट्रपति निर्वाचनसँग जोडिन पुगेको भन्दै तत्कालै सरकारबाट नबाहिरिने संकेत गरेका थिए।
सोमबार मध्यरातिसम्म पनि निष्कर्षमा पुग्न नसकेको बैठक आइतबार बिहान ११ बजे पुनः बस्नेगरी सकिएको थियो।

