सधैं जनहित, जनमत र जनविश्वासलाई प्राथमिकता दिएर कदम चाल्छौंः डा. तोसिमा कार्की


काठमाडौं – स्वास्थ्य राज्यमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले सधैं जनहित, जनमत र जनविश्वासलाई प्राथमिकता दिएर अगाडि बढ्ने बताएकी छिन् ।

सरकारमा रहने वा सरकारबाट बाहिरिने सम्बन्धमा छलफल भईरहेको रास्वपाको निर्णायक बैठक बसिरहेको बेला डा. कार्कीको उक्त अभिव्यक्ति सार्वजनिक भएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘देश विदेशबाट फोन मेसेज गरेर अत्याधिक माया प्रेन चिन्ता वयक्त गरिरहनुभएकोमा समय र परिस्थितीको व्यस्तताले सबैलाई रेस्पोन्स गर्न सकिरहकी छैन्र हजुरहरले दिनुभएको सर सल्लाह सुझाबलाई मनन गर्नेनै छौँ्र सधैँ जनहित जनमत र जनविश्वासलाई प्राथमिकतामा राखेरै कदम चाल्नेछौँ्र धन्यवाद अटुट सद्भाव र प्रेमको लाग्रि ।’

प्रतिक्रिया