रास्वपाको आकस्मिक केन्द्रीय समिति बैठक सुरू


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक जारी रहेको छ । केही बेर अघि साढे ८ बजे आकस्मिक रुपमा बैठक बोलाइए पनि ९ बजेबाट मात्र बैठक सुरू भएकाे एक केन्द्रीय सदस्यले जानकारी दिए ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई दिएको २ दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो ।

 

प्रतिक्रिया