

सिंहदरबारमा देउवा, माधव नेपाल र महन्थ ठाकुरबीच बैठक

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक सिंहदरबारमा चलिरहेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक बसेको हो ।
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने तथा विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवार तय गर्न बैठक बसेको हो । बैठकमा कांग्रेस, एकीकृत समाजवादी, लोसपालगायतका दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।
लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने सङ्घीय संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो ।

