

स्वास्थ्यमा अचानक समस्या आएपछि घनश्याम भूसाल अस्पताल भर्ना

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका हुन् ।
त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

