यस्तो छ सांसद चौधरीलाई अदालतले जारी गरेको कैदी पुर्जी


काठमाडौं – फरार सूचीमा रहेका नागरिक उन्मुक्तिका सा‌ंसद अरुणकुमार चौधरीलाई आज जेल चलान गरिएकाे छ । कैलाली जिल्ला अदालतले कैलाली कारागारलाई कैदी पुर्जी जारी गरेर उनलाई जेल पठाइएकाे हाे ।

कैदी पुर्जी अनुसार उनी आगो लगाएको आरोपमा फरार भएका थिए । उनलाई ६ महिनासम्म कारागार राख्न आदेश दिएको छ । सांसद चौधरी ७ वर्षदेखि फरार थिए । यद्यपी गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

फरार सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरेको थियो ।  बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको थियो ।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा गरेका थिए ।

विसं २०७० वैशाख ९ मा कैलाली जिल्ला अदालतले सांसद अरुणकुमार चौधरीसहित पर्शुराम र वीरबहादुर गरी तीन जनालाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतले पीडितलाई आठ लाख १८ हजार चार सय २३ क्षतिपूर्ति उपलब्ध गराउनेसमेत फैसला भएको थियो ।

कैदी पुर्जी:

प्रतिक्रिया