पिठ्यूमा बच्चा बोकेर श्रमदानमा सहभागी महिला


म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङकी रिता र ममसरा बिक पिठ्यूमा बच्चा बोकेर गाउँमा निर्माणाधीन सडक आयोजनामा श्रमदान गर्दै । गाउँका धेरै पुरुषहरु विदेशिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ ।

गाउँमा राजगारीको अवसर नहुँदा घरलौरी पुरुषहरु विदेशिएका छन् । गाउँ महिला, बालबालिका र बुढापाकाहरुको जस्तो मात्र भएको छ । श्रम र बोल्न सक्ने पुरुषहरु गाउँमा नहुँदा विकास निर्माणका कामले गति समेत लिन नसक्ने समस्या छ । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया