

शुल्क तिरेर काठको पुल तर्दै स्थानीयवासी

कञ्चनपुर – कञ्चनपुरको दोदा नदीमाथि बनाइएको जोखिमपूर्ण अस्थायी काठे पुलबाट साइकल लिएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण ।
शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ का बासिन्दा काठको पुलबाट सवारीसाधन आवतजावत गरेवापत शुल्क तिर्देै आएका छन् ।
काठेपुल नजिकै एक दशक अघिदेखि पक्की पुलको पिल्लर ठड्याइएको भए पनि पुल निर्माण कार्य अलपत्र परेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस

