

सन्दिप लामिछानेविरुद्ध सर्वोच्चमा परेको मुद्दाको पहिलो सुनवाइ आज

काठमाडौं – नेपाली क्रिकेटका पूर्वकप्तान सन्दिप लामिछानेबिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको पहिलो सुनवाइ आज हुने भएको छ ।
नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दिप बिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथी आज पहिलो सुनुवाइ हुने भएको हो ।
उच्च अदालतको आदेश पछि रिहा भएका सन्दिपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रबार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो ।

