रास्वपाले तत्काल समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि कारणबाट तत्कालै सत्ता समीकरण फेरबदलको सम्भावना नरहेको बताएका छन्।

बिहीबार पेरिस डाँडामा बसेको स्थायी समिति बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ ।

उक्त बैठकले सरकारमा रहिरहने वा छाड्ने निर्णय गर्ने नेताहरुले बताएका छन् । गृहमन्त्री र राष्ट्रपतिलाई लिएर सात दलीय गठबन्धनमा खटपट आएको चर्चाबीच प्रचण्डले यही समीकरण कायमै रहने बताएका हुन्।

गत शुक्रबार सर्वोच्च अदालतको फैसलापछि गैरसांसद भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय मागिरहेका छन्। तर प्रचण्ड सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल गृह रास्वपालाई दिने पक्षमा छैनन्।

प्रतिक्रिया