
अन्तिम निर्णयका लागि रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै
काठमाडौं — सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा संयुक्त बैठक बोलाइएको रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जनाए ।
आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ।
‘अहिले जसरी चलिरहेको छ। हामी त्यसरी चल्न सक्दैनौं,’ ढकालले भने,‘हाम्रो सभापति रवि लामिछाने पनि सम्झौताको राजनीतिमा कति दिन बस्ने भन्नेमा पुग्नुभएको छ। आज हामी महत्वपूर्ण निर्णय गर्छौं।’
महामन्त्री ढकालले पार्टीको राजनीति जसरी चलिरहेको छ त्यसलाई परिवर्तन गर्नुपर्ने पक्षमा आफू रहेको बताए। केहीबेरअघि रास्वपा सभापति लामिछाने आफू अब मौन नबस्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।



कागजपत्र |
