ने.वि.संघ विवादः कञ्चनपुरमा विवादले लियो उग्ररुप, पार्टी कार्यालयमा तालाबन्दी


कञ्चनपुर – पछिल्ला दिनमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै देशभर विवाद देखिएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एकलौटी ढंगले मनोनयन गरेको भन्दै देशका विभिन्न जिल्लाहरुमा विवाद सिर्जना भएको छ । त्यसैक्रममा सुदूरपश्चिमको कञ्चनपुरका नेविसंघ जिल्ला नेताहरुले केन्द्रीय अध्यक्षको एकाधिकार र अवैधानिक गतिविधिविरुद्ध विद्रोहको ज्वाला कञ्चनपुरबाट सुरु भएको उद्घोष गरेका छन् ।

कञ्चनपुरका विद्यार्थीनेताहरुले केन्द्रीय अध्यक्ष शेर्पाको एकलौटी निर्णय २४ घण्टाभित्र खारेज गर्न मागका साथै यथाशीघ्र नेविसंघको महाधिवेशन गर्नुपर्ने मागसहित कञ्चनपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । पार्टी कार्यालयमा तालाबन्दी गर्दै कार्यालय अगाडि टायर बालेर विरोध प्रर्दशनसमेत गरेका थिए ।

अध्यक्ष शेर्पाले मंगलबारमात्र रमेश चटौतलाई जिल्लाअध्यक्ष तोकेको पत्र पठाएका थिए । जिल्लाको वास्तविकता नबुझीकन केन्द्रबाटै नेतृत्व तोक्ने प्रवृत्तिले राम्रो सन्देश नजाने बताउँदै नेविसंघ कञ्चनपुरका नेताहरुले उक्त निर्णय बदर गर्न मागसमेत गरेका छन् ।

यसअघि ने.वि.संस्थापनइतर समुहका विधार्थी नेताहरुले उपत्यकामा भेला गरि अवैधानिक गतिविधि  रोक्न र अवैधानिक निर्णय खारेज गर्न माग गर्दै सामुहिक भेलावाट प्रेस विज्ञप्ति जारि गरेका थिए । मंगलबार महाधिवेशन पक्षधर समूहका नाममा विज्ञप्ति जारी गर्दै उनीहरूले अध्यक्ष शेर्पाले गरेका केही निर्णयहरु बदर गरेर विधिवत् अधिवेशनको वातावरण बनाउन माग गरेका छन् ।

संस्थापनइतर समूहल विज्ञप्तिमा ‘नेपाल विद्याथी संघको विधान २०२७ को सातौँ संशोधन, २०७५ को धारा ३१, ३४ र २०७८ फाल्गुण ३ गतेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको निर्णयको समेत प्रतिकूल हुने गरी विभिन्न जिल्ला कमिटीहरू र क्याम्पस कमिटीहरूमा एकपक्षीय र गुटगत रूपमा गठन गरिएका नियुक्तिहरू पूर्णतया विधानविपरीत भएकाले तत्काल नियुक्ति बदर गर्न र सो स्थानहरूमा विधिवत् रूपमा प्रतिनिधि खटाई अधिवेशनको वातावरण तयार गर्न ध्यानाकर्षण गर्दछौँ,’ भनेको थियो ।

No description available.

इतर समूहका विद्यार्थी नेताहरूले विधि र विधानविपरीतका गतिविधि बन्द नगरे जस्तोसुकै मूल्य चुकाउन बाध्य हुने र त्यसको जिम्मेवार पार्टी र नेविसंघको नेतृत्व हुने चेतावनी समेत दिएका थिए ।

स्ववियु निर्वाचन घोषणा भइसकेको अवस्थामा पनि संघको पूर्णता नुहुन संगठनका लागि घातक सिद्ध भएको उनीहरुले ठहर गरेका छन् । उनीहरूले आउँदो चैत ५ गते  स्ववियु निर्वाचन घोषणा भइसकेको अवस्थामा संघले कहिले पूर्णता पाउँछ भन्दै प्रश्न उठाएका छन् ।

No description available.

प्रतिक्रिया