

क्यानको साधारणसभा फागुन १४ र १५ मा

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने भएको छ ।
पोखरामा बसेको कार्यसमिति बैठकले अर्को महिना वार्षिक साधारणसभा गर्ने निर्णय गरेको कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए ।
नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्ध गर्नेबारे साधारणसभाले नै निर्णय गर्नेछ ।

