प्रतिनिधिसभा बैठक बस्दै, आजदेखि देखिने छैनन् रवि लामिछाने


काठमाडौं – आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान भएको छ ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको छ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । खारेज भएसँगै पहिलोपटक संसद छिरेका रवि लामिछाने आजदेखि प्रतिनिधिसभामा देखिने छैनन् ।

यस्तै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया