माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरू


काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समय ढिलोगरी सुरु भएको हो।

बैठकमा राष्ट्रपति,गृहमन्त्री र भोलि बस्ने स्थायी कमिटी बैठको एजेण्डाबारे छलफल हुने जनाइएको छ। रवि लामिछाने नागिकता विवादमा मुछिएपछि उनको सांसद,उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमेको छ। उनी गृहमन्त्रीबाट बाहिरिएपछि माओवादीले गृहमन्त्रालय आफैसँग राखेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार लामिछानेले पुन:नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन्। लामिछानेले सत्ता बाँडफाँडमा आफ्‍नो भागमा परेको गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपा स्रोतले जनाएको छ।

प्रतिक्रिया