

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।
बैठकमा पार्टीको संगठनिक योजना र कार्यविभाजनसम्बन्धी योजनासमेत ल्याउने, गृह मन्त्रालय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्हालिरहेको गृहमन्त्रीबाट राजीनामा दिएका थिए। लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो। तर, उनले आइतबार नै नयाँ नागरिकता लिइसकेका छन्।

