

किबीको जाम बिक्री गर्दै राई

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा सञ्चालित शुभ कृषि फार्ममा उत्पादन गरिएको किबीको जाम (खुदो) बिक्री गर्दै सञ्चालक शुभचन्द्र राई ।
गत मंसिर २० गतेबाट औपचारिक रुपमा उत्पादन सुरु गरिएको जामले जिल्लामा राम्रो बजार मूल्य पाएको छ । पछिल्लो समय पूर्वी पहाडी जिल्लाहरुमा किबीको व्यावसायिक खेती बढ्दै गएको छ । तर, आवश्यक बजारको अभाव भने किसानले व्यहोर्दै आएका छन् । तस्वीर : केदार मगर /रासस

