

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन: रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।
आज (आइतबार) बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैधानिक रहेको फैसला गरेसँगै पार्टी सभापति, सांसद र उपप्रधानमन्त्री एवं गृहमन्त्री पद खारेज भएको थियो ।
उनले आज आइतबार काठमाडौं जिल्ल प्रशासन कार्यालयबाट नगरिकताको प्रमाणप्रत्र लिएका हुन् ।

