
सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्च जाने सरकारी वकिल कार्यालयकाे निर्णय
काठमाडौं – नाबालिग बलत्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्।
लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार उक्त आदेश बदर गरी थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिने निर्णय भएको हो ।
उच्च अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छोड्न गरेको आदेशविरूद्ध सर्वोच्च अदालत जाने निर्णय भइसकेको छ । उच्च सरकारी वकिल कार्यालयले पठाएको मस्यौदामा थपघट गर्ने काम भइरहेको छ। एक(दुई दिनमै सर्वोच्चमा दर्ता हुन्छ,’ एक कर्मचारीले भने।
दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर सर्तसहित छोडेको थियो।



कागजपत्र |
