

ट्रमा सेन्टरका पूर्वनिर्देशक डा. पौडेलविरुद्ध उजुरी

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरका पूर्व निर्देशक डा. सन्तोष पौडेलविरुद्ध अनियमितता गरेको आरोपमा उजुरी परेको छ ।
पूर्व निर्देशक डा.पौडेलविरूद्ध प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र सम्पत्ति सुद्धिकरण विभागमा उजुरी परेको हो ।
डा. पाैडेलले एमएस अर्थोपेडिक अध्ययन गर्ने क्रममा तत्कालिन उपकुलपतिसंग मिलि सेवा अवधि नपुगिकनै अध्ययन गरेको र ट्रमा सेन्टरको निर्देशक रहदाँ कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरी नियुक्ति गरेको, सि आर्म खरिद, डेक्सा मेसिन, एच डी माइक्रोस्कोप, एम्बुलेन्स तथा क्यान्टिन टेण्डर गर्दा करोडौँ रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारलगायतका निकायमा उजुरी परेको हो ।
उनले अनियमितता गरेको विषयमा छानबिनका लागि प्रमुख जनस्वास्थ्य प्रशासकको संयोजकत्वमा गठित चार सदस्यीय छानविन समितिको प्रतिवेदनअनुसार पुनः छानबिन हुनु पर्नेमा नभएको भन्दै पुनः उजुरी परेको हो ।
उनीविरुद्ध पुस २४ गते पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र सम्पत्ति सुद्धिकरण विभागमा छानविन तथा कारबाहीको लागि उजुरी परेको छ ।

