

सुनको भाउ फेरि बढ्यो, चाँदीको घट्यो

काठमाडौं – नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । हप्ताको पहिलो दिन आज (आइतबार) सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।
अस्ती शुक्रवार तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर १ लाख ६ हजार रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

