

भारतद्वारा जेल सजाय पूरा गरेका १७ पाकिस्तानी बन्दीलाई रिहा

नयाँदिल्ली – भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसबारे पुष्टि गरेको छ ।
उनीहरूलाई अटारी–वाघा सीमानाबाट रिहा गरिएको थियो । सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ ।
‘हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ’ पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ ।

