

अनेरास्ववियूद्वारा शिक्षा मन्त्रीको पुत्ला दहन

काठमाडौं – अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाएको छ। शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो।
नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित पुत्ला जलाएको हो। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियुको आरोप छ।
जनक शिक्षा सामाग्री केन्द्र मास्नेका विरुद्ध एकजुट भएर लड्नुपर्ने अनेरास्ववियुको माग छ। शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूले खण्डन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए।

