

बैतडीमा महिला टी-२० क्रिकेट आजदेखि

बैतडी – शहीद दिवसको पूर्व सन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगर स्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
मङ्गलवारदेखि परेको वर्षाले मङ्गलवार र बुधवारका चार वटा खेल अवरुद्ध भएका थिए । अवरुद्ध खेल आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिए ।
आज दशरथचन्द नगरपालिका–२ देहिमाडौँ र दनपा–५ दशरथ चन्द तथा दनपा–१० बाराकोट र दनपा–११ नागार्जुन भिड्दै छन् । दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।
नगरका सात टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले २५ हजार तथा उपविजेताले १५ हजार प्राप्त गर्ने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए ।

