

डा. तोसिमाले ‘तुहाएको’ सपना !
पदभार गरे लगत्तै मन्त्रीले सदर गरेको फाइल सदर गर्न खोज्नु, वीरअस्पतालको ल्याबको उद्घाटन मोह देखाउनु अनि आईसीयूका बिरामी भेट्न गएर भिडियो बनाएर सार्वजनिक गर्नु तोसिमासँगबाट नगरिएको अपेक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महिला नेतृ एवं सांसद डा. तोसिमा कार्की एकमात्र भाग्यमानी महिला सांसद सावित भइन् । आफ्नो विज्ञता रहेकै मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाइन् ।
कसैले पनि पैसा नभएकै कारण उपचार नपाएर मर्नु पर्दैन भन्ने कुराको सपना देखाइदिएकी डा. तोसिमा मन्त्री भएपछि थप आशाको दियो बलेको छ ।
निर्वाचन परिणामअघि जस्तै आंकलन गर्दै बहालवाला मन्त्रीलाई पराजित गरि प्रतिनिधिसभामा संसदको पाइलो हाल्ने अवसर पाएसँगै अनपेक्षित रुपमा सरकारमा गयो उनले प्रतिनिधित्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी । फलस्वरुप पार्टी अध्यक्ष रवि लामिछानेको बलियो वाकपटुताका कारण प्रभाव जमाउन सफल भयो सरकारमा । भलै त्यो रविका लागि घातक वा फलिफाप हुन्छ, त्यसको विश्लेषण अहिले नै गर्ने बेला भइसकेको छैन ।
आम जनताका साथै ललितपुर–३ का मतदाताको अपेक्षालाई पूरा गर्दै डा. तोसिमा कार्कीलाई गठबन्धनबाट परेको स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाइन् । विज्ञताकै कुरा गर्ने हो भने रविसँग डा. तोसिमाभन्दा अनुभवी अर्की डा. चन्दा कार्की थिइन् तर जनअपेक्षा र स्वयं तोसिमाको कहिलेकाहिँ मिडियामा आउने अभिव्यक्तिले उनलाई नै मन्त्री बनाए पार्टी अध्यक्ष लामिछानेले भलै राज्यमन्त्री नै किन नहोस् ।
साँझ परिसकेको अवस्था र रातीको समयमा चिकित्सकहरुमात्र रहेको अवस्था भएकोले बिरामीका परिवारले त्यसपछि विरामीलाई पक्कै भेट्न पाएनन् । तर, बिहान साढे ४ बजे उपचारकै क्रममा आचार्यको मृत्यु भयो । शायद, आचार्यसँग दोहोरो कुरा गर्ने अन्तिम व्यक्ति डा. तोसिमा नै नहोलिन् भन्न पनि सकिँदैन ।
यसै मेसोमा लामोसमयसम्म बिरामीहरुको सेवा दिँदै आएकी डा. तोसिमाले मंगलबार गम्भीर ‘गल्ती’ गरिन् ।
संसदभवन अगाडि आत्मदाह गरेर ८० प्रतिशत जलिसकेका व्यक्तिसँग आईसीयूमा गएर लामो समयसम्म कुराकानी गर्नु हुन्थ्यो वा हुँदैनथ्यो, त्यो मेडिकल काउन्सिल वा डाक्टरहरुको आचारसंहिता (भएमा) त्यसमा उल्लेख गरिएको होला । तर, हामी जस्ता सामान्य व्यक्तिले आईसीयूमा प्रवेश गरेर बिरामीसँग त्यति लामोसमयसम्म कुराकानी गर्न हुन्छ भन्ने त, अहिले मात्रै देखिएको हो, नत्र त कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो ।
आईसीयू जस्तो अतिसंवेदनशील स्थानमा डा. तोसिमा भिडियो खिच्ने मान्छेसहित प्रवेश गरेकी हुन् । ती भिडियोग्राफर सोही अस्पतालका डाक्टर थिए कि उनका कोही ‘प्रेस’ हेर्ने व्यक्ति थिए त्यो देखिएको खुलेको छैन । डा. तोसिमासँगै भिडियोमा देखिएकी अर्की व्यक्तिले बिरामीको बारेमा सामान्य जानकारी दिएकी थिइन् । डा. तोसिमाले आफू चिकित्सक भएको बताइरहँदा बिरामी आचार्यले भने आफ्ना लागि कसैले केही नगर्ने बताइरहेका थिए ।
८० प्रतिशत जलेको बिरामीसँग आईसीयूमै पुगेर डा. तोसिमाले स्वास्थ्यकर्मीको हिसाबले कुरा गरेकी हुन् कि राज्यको तर्फबाट प्रतिनिधित्व गरेकी हुन् त्यो उनैलाई थाहा होला । जुन हिसाबमा गरेको भए पनि राम्रो हो ।
अस्पतालमा गएर बिरामीको बारेमा हालचाल बुझ्नु डा. तोसिमाको सत्कर्मका साथै जिम्मेवारीबोध भए पनि आईसीयू बेडमै गएर बिरामीसँग त्यति लामोसमयसम्म गरेको कुराकानी सार्वजनिक हुनु भविष्यमा आचार्य परिवारमा कस्तो असर पर्छ होला ? हुन त अन्तिम अवस्थामा सरकारले चासो दिएको थियो भनेर चित्त बुझाउन पनि सकिन्छ, तर जिउँदो हुँदासम्म हरेक निकायबाट पीडित आचार्य परिवारले अन्तिम कुराकानी तोसिमासँगैको पो सुनेको हो कि ?
साँझ परिसकेको अवस्था र रातीको समयमा चिकित्सकहरुमात्र रहेको अवस्था भएकोले बिरामीका परिवारले त्यसपछि विरामीलाई पक्कै भेट्न पाएनन् । तर, बिहान साढे ४ बजे उपचारकै क्रममा आचार्यको मृत्यु भयो । शायद, आचार्यसँग दोहोरो कुरा गर्ने अन्तिम व्यक्ति डा. तोसिमा नै नहोलिन् भन्न पनि सकिँदैन ।
त्यसअघि सपथ लगत्तै पदभारका लागि मन्त्रालय पुगेकी डा. तोसिमाले स्वास्थ्यमन्त्री पदम गिरीसँगै पदभार गरिन् ।
मन्त्री र राज्यमन्त्री दुवैले एउटै रिबन काटेको भए के हुन्थ्यो ? वा मन्त्री गएको कार्यक्रममा राज्यमन्त्री पनि जानै पर्छ भन्ने के थियो ? कमसेकम उद्घाटन र भाषणबाजीमा एकजना गएर एकजनाले काममा खटिएको भए हुन्थ्यो कि ?
पदभार गरेसँगै स्वास्थ्यमन्त्री गिरीले सदर गरेको फाइलमा राज्यमन्त्री डा. तोसिमाले हस्ताक्षर गर्न खोजेपछि त्यतिबेला कार्यकक्षमा अन्यौलता देखियो ।
डा. तोसिमाले पहिलो निर्णयका रुपमा राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिसम्बन्धी निर्णयमा हस्ताक्षर गरिन् भने मन्त्री गिरीले स्वास्थ्य सेवाका न्यूनतम मापदण्डसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए । मन्त्री गिरीको हस्ताक्षर भएको फाइलमा राज्यमन्त्री डा. तोसिमाले हस्ताक्षर गर्न थालेपछि कार्यकक्षमा उपस्थित कर्मचारीहरुले उनलाई मन्त्रालयको विधि र नियमबारे जानकारी गराएका थिए ।
राज्यमन्त्री जस्तो सम्मानित पदमा पुगिसकेपछि पनि सामान्य नियमका बारेमा जानकारी लिन नसक्ने डा. तोसिमाको आगामी दिनको कार्यशैली कस्तो हुने हो, त्यसको प्रतिक्षा गर्नुबाहेक अन्य केही उपाय छैन । कार्यभार सम्हालेको पहिलो दिन नै मन्त्रालयमा सामान्य तर असामान्य देखिने औपचारिकता डा. तोसिमाले पूरा गरे जस्तो लागेन । हुनत, उनलाई मन्त्रीले गरेको निर्णयबारे जानकारी लिन पाउने अधिकार अवश्य नै छ, तर हस्ताक्षर नै गर्न खोज्नु उनमा ‘म्याचुरिटी’ को कमी हो कि भन्ने पनि मन्त्रालयवृत्तमा सुनिने गरेको छ ।
त्यस्तै अर्को घटना भयो वीर अस्पतालको– क्याथ ल्याब उद्घाटन प्रकरण । विगत लामोसमयदेखि सञ्चालनको तयारीमा रहेको क्याथ ल्याब उद्घाटनको साइत नयाँ मन्त्री आएपछि मात्रै जुर्यो । फलस्वरुप वीर अस्पताल प्रशासनले स्वास्थ्यमन्त्री पदम गिरीबाट उद्घाटन गराउने कार्यक्रम राख्यो र तयारी पनि सोहीअनुसार नै भयो । तर, उद्घाटन कार्यक्रमका लागि गएकी राज्यमन्त्री डा. तोसिमाले पनि उद्घाटनको रिबन काट्ने मोह देखाएपछि मन्त्रीको रिबनभन्दा तल अर्को रिबन टाँगियो र काट्न लगाइयो । मन्त्री र राज्यमन्त्री दुवैले एउटै रिबन काटेको भए के हुन्थ्यो ? वा मन्त्री गएको कार्यक्रममा राज्यमन्त्री पनि जानै पर्छ भन्ने के थियो ? कमसेकम उद्घाटन र भाषणबाजीमा एकजना गएर एकजनाले काममा खटिएको भए हुन्थ्यो कि ? शायद दुवै मन्त्रीहरूको पदभारपछि पहिलो उद्घाटन कार्यक्रम भएर होला दुवैले अवसर नछाडेको ।
डा. तोसिमा सांसद भएदेखि नै उनी मन्त्री बनुन् भनेर कामना गरिरहेका आम मतदाताको कामना पूरा गर्दै मन्त्रालयको जिम्मेवारी पाएकी डा. तोसिमाप्रति विगत लामोसमयदेखि स्वास्थ्य क्षेत्रमा रहेको तमाम् विसंगति र विकृतिहरुको चाङलाई पाखा लगाउने आशा आम जनताले गर्न थालेका थिए । यी घटनाक्रम हेर्दा व्यावसायिक व्यक्ति डा. तोसिमाको व्यवहारिकतामा अपरिपक्वता हो वा के हो ? हुन त, मन्त्रालय सम्हालेको धेरै दिन भएको छैन, विस्तारै उनका व्यावहारहरुमा परिपक्वता अवश्य नै आउला अनि आओस् पनि ।

