राष्ट्रिय सभा सदस्यमा नागरिक उन्मुक्तिबाट राजेन्द्रवीरकाे उम्मेदवारी दर्ता


दाङ – राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मदवारी दिएको छ । नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन् ।

उनको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा उपस्थित भएकी थिइन् ।

सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् । तर सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने छुट्टै उम्मेदवारी दिएको हो ।
नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । उोफ पद परिपुर्तिका लागि आज निर्वाचन आयोगले मनोनयन गर्दा गरेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

प्रतिक्रिया