माग पुरा नभए सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं : अध्यक्ष श्रेष्ठ


दाङ -नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पुरा नभएसम्म सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले लामो समय देखी रेशम चौधरी लगायतलाई थुनामुक्त गर्न माग गर्दै आएको र उक्त माग पुरा नभय प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी हुन् ।

सुदुरपश्चिममा गत पुस २७ गते उन्मुक्ति पार्टीको समर्थनमा एमालेका राजेन्द्र मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने सम्बैधानिक व्यवस्था छ । तर नागरिक उन्मुक्तिको समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् ।

बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छौं । सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’

प्रतिक्रिया