प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छः कांग्रेस महामन्त्री शर्मा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत आचार्यलाई श्रद्धाञ्जलीमात्र दिएर कसैलाई पनि उन्मुक्ति नमिल्ने बताएका छन् ।

उनले ‘नीति’ बदलिएर पुगेन, ‘थिती’ बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ भएको बताएका छन् ।

उनले लेखेका छन्,

प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुखी बनेर,श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन !
नीति´ बदलिएर पुगेन, थिती´ बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ l उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ l केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन l

प्रतिक्रिया