
संगठन बिस्तारमा आक्रामकरूपमा अघि बढ्दै रास्वपा, चार महिनाभित्र देशैभर संगठन विस्तार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन बिस्तारमा आक्रामक रुपमा लाग्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको आइतबारको आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो।
पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ।
साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ। महामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ।
माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुनेछ।
माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला हुने केन्द्रीय समितिले निर्णय गरेको हो।



कागजपत्र |
