राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएकी छुः उपसभामुख राना


काठमाडौं — उपसभामुख इन्दिरा रानाले आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको बताएकी छिन् ।

उपभामुखमा निर्वाचित भएपछि पदमा रहँदाका बखतसम्म उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको उल्लेख गरेकी छन्।

‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,’ उनले भनेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया